शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीकाे पनि बढ्यो

बुधवार , आश्विन ३०, २०८१

काठमाडौं ३० असोजः - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार १३ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो कारोबार दिन मंगलबार १४ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । यसदिन चाँदी प्रतितोला १९५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी १९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया