शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

महान् पर्व दसैँको बेलापनि बिदेशिने युवाको संख्यामामा कुनै कमी आएन

बिहिवार , आश्विन २४, २०८१

काठमाडौँ - हिन्दुहरूको महान् पर्व दसैँ घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दसैँ नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।

श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दसैँ नमनाई बिदेसिएका हुन् । गत वर्ष दसैँ परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।

टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दसैँको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।

दसैँअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दसैँको मुखमा विदेश जानेभन्दा दसैँ मनाउन स्वदेश आउनेको सङ्ख्या बढी हुने भए पनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरूको संख्या विमानस्थलमा अत्यधिक देखिन्छ ।

 

प्रतिक्रिया