शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अखिल (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा राना मगर

बिहिवार , भाद्र २७, २०८१

सिन्धुली – माओवादी केन्द्र सिन्धुलीमा बढेको विवाद विद्यार्थी संगठनको जिल्ला सम्मेलनमा पोखिएको छ । अखिल क्रान्तिकारी सिन्धुलीको नेतृत्व चयन सर्व सहमतिमा गर्ने चाहना विपरीत पार्टीका केन्द्रीय सदस्यको हस्तक्षेपपछि माओवादी केन्द्र सिन्धुलीको विवाद तल्लो कमिटीसम्म मात्रै पुगेन सहमति नजुटेपछि सम्मेलन नै स्थगित गरिएको थियो ।

सिन्धुलीमाढीमा भदौ १९ गते उदघाटन भएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औँ जिल्ला सम्मेलनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि स्थगित गरिएको थियो ।

सुमन रानालाई ७ पालिका कमिटीले अध्यक्ष बनाउन प्रस्ताव सहित मातृका भट्टराईको संयोजक रहेको हेम कार्की र सोम प्रसाद बराल सदस्य रहेको अध्यक्ष मण्डलमा लिखित हस्ताक्षर बझाएका थिए । तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहाल(राजन) ले जिल्लामा आफू कमजोर बन्न थालेपछि विद्यार्थी संगठन आफ्नो नियन्त्रणमा राख्न जिल्ला अधिवेशन स्थगित गर्न लगाउनु भएको थियो । दाहालले धनबहादुर श्रेष्ठ ‘सुवास’ लाई उमेदवार बनाउनु भएको थियो । दाहालले अखिल क्रान्तिकारीको जिल्ला अधिवेशन आफ्नो प्रतिष्ठाको लडाइँको रूपमा लिनु भएको थियो ।

सहमति नभएपछि स्थगित भएको सम्मेलन भदौ २६ मा चुनाव हुने बताइएको थियो । तर निर्वाचनमा जाँदा दाहालको पक्षमा परिणाम नआउने देखिएपछि, जिल्ला इन्चार्ज बुद्धिमान माझी ‘वसन्त’, जिल्ला संयोजक पानीराज बम्जन र सचिव विनोद विक समूहबाट उम्मेदवार बनेका सुमन रानामगर सर्व सहमत अध्यक्ष बन्नु भएको छ ।

जिल्ला समितिको उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा र शंकलाल बम्जन रहनु भएको छ । पुष्कर थापा मगर सचिव बन्नु भएको छ भने, सविन चौलागाई, कृष्ण मगर र रोजिना न्यौपाने सह–सचिव बन्नु भएको छ ।

त्यसैगरी डोर बहादुर बराल कोषाध्यक्ष निर्वाचित भएको निर्वाचन कमिटीका अध्यक्ष सुदीप केसीले जानकारी दिए । आज भएको भेलाबाट ४५ सदस्य जिल्ला कमिटी चयन गरेको र कमिटीको पहिलो बैठकले ६ सदस्य मनोनीत गर्ने अखिल क्रान्तिकारी सिन्धुलीले जनाएको छ ।

बुधवार भएको भेलाबाट ४५ सदस्य जिल्ला कमिटि चयन गरेको र कमिटीको पहिलो बैठकले ६ सदस्य मनोनीत गर्ने बताइएको छ । बैठकबाट भूगोल तर्फ कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले ६÷६ जना सदस्य, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाबाट ५, हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोसी गाउँपालिकाबाट ४÷४ जना, फिक्कल गाउँपालिका बाट ४ जना र अखिल (क्रान्तिकारी)ले जिल्लामा स्ववियु सभापति जितेका ४ क्याम्पसबाट १÷१ सदस्य जिल्ला कमिटि सदस्यमा सर्व सहमत चयन भएका छन् ।

अखिल (क्रान्तिकारी) सिन्धुलीको २१ औं जिल्ला सम्मेलन भदौ १९ बुधबार केन्द्रीय उपाध्यक्ष तुकमान महरा उदघाटन गर्नु भएको थियो ।

जिल्ला सम्मेलनका लागि चयन भएका ३८० प्रतिनिधि मध्येबाट जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन कमिटीले कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले ६/६ जना सदस्य, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाबाट ५, हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोसी गाउँपालिका, फिक्कल गाउँपालिका बाट ४/४ जना र अखिल (क्रान्तिकारी)ले जिल्लामा स्ववियु सभापति जितेका ४ क्याम्पसबाट १/१ जना सदस्य भूगोलबाट चयन गरेको थियो । सोही प्रतिनिधि संख्याले बुधबार नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया