शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य हालसम्मकै उच्च

बुधवार , भाद्र २६, २०८१

 

काठमाडौं, २६ भदौ - सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो । यसअघि सुनको मूल्यमा भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि बुधबार १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँ रहेको चाँदी आज १७८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया