शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मूल्य बढ्यो

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं, २५ भदौ - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया