शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उच्च मूल्यबाट घट्यो सुन

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं, १४ भदौ - अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार १ लाख ५२ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँ रहेको चाँदी शुक्रबार १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया