शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं , १३ भदौँ - नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेर एकपछि अर्को नयाँ रेकर्ड कायम गरिरहेको छ। आज बिहीबार पनि सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सो दिन पनि नयाँ रेकर्ड बनेको थियो।

यता, आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले घटेर १८ सय ३० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया