शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य हालसम्मकै उच्च

बुधवार , भाद्र १२, २०८१

काठमाडौं ,१२ भदौ - सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।

यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८ ५० रुपैयाँ रहेको चाँदी आज १८ ५५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया