शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उच्च मूल्यबाट झरेको सुनको भाउ स्थिर

मंगलवार , भाद्र ११, २०८१

काठमाडौँ,११ भदौ – घरेलु बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो ।गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ कायम भएको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ५७५ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५८६ रुपैया कायम कायम भएको छ ।

प्रतिक्रिया