काठमाडौं, ०७ भदौ– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि भने एक लाख ५१ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि भने रु एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।