बि.सं.२०८१ भदौ ०५ गते बुधबार ई.सं.२०२४ अगस्त २१ नेपाल सम्बत ११४४ गुंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्धितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३७ बजे, सूर्यास्त साँझ ०५: ३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३७ मिनेट देखि ०७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचनागर्नेछन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ। अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। केही फजुल खर्च बढ्न सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– काममा केही समय लागे पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र कृषि–पशुपालनमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। कामले नाम र दाम दिलाउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मिहिनेतले काम पूरा हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :– सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ। प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ। कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :– अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। सहयोगीहरू जुट्नाले आँटेको काम बन्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।
आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज रातीːदेशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी,बाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता