काठमाडौँ ,३२ साउन– घरेलु बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम थियो । गत मंगलबार भने सुनको मूल्य तोलाको १ लाख ५० हजार ८०० रुपैयाँ कायम थियो ।
यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार २६० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५०९ रुपैयाँ छ ।यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस २ हजार ४५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।