शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ऐतिहासिक विन्दुबाट घट्यो सुनको भाउ

आइतवार , श्रावण २०, २०८१

काठमाडौं, २०साउन - नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया