शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य

आइतवार , श्रावण १३, २०८१

काठमाडौँ ,१३ साउन – आज आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया