शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो

सोमवार , श्रावण ७, २०८१

काठमाडौं, ७साउन – नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया