शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

आइतवार , श्रावण ६, २०८१

काठमाडौं, ६ साउन - नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। यो दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया