शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य हालसम्मकै उच्च

सोमवार , आषाढ ३२, २०८१

काठमाडौँ , ३१ असा- स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।

 

प्रतिक्रिया