काठमाडौँ ,२५ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २५ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३० पैसा र विक्रीदर १३३ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र विक्रीदर १४५ रुपैयाँ ०० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ९६ पैसा र विक्रीदर १७१ रुपैयाँ ७३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ७९ पैसा र विक्रीदर १४९ रुपैयाँ ४६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ७८ पैसा र विक्रीदर ९९ रुपैयाँ २३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७८ पैसा र विक्रीदर ९९ रुपैयाँ २३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २८ पैसा र विक्रीदर ८ रुपैयाँ ३२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र विक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६८ पैसा र विक्रीदर १२ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३५ पैसा र विक्रीदर १९ रुपैयाँ ४४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ६२ पैसा र विक्रीदर ४३७ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५५ रुपैयाँ २१ पैसा रहेको छ ।
