शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , आषाढ २५, २०८१

काठमाडौँ ,२४ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २८ पैसा र विक्रीदर १३३ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ४५ पैसा र विक्रीदर १४५ रुपैयाँ १० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ७३ पैसा र विक्रीदर १७१ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ७३ पैसा र विक्रीदर १४९ रुपैयाँ ३९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र विक्रीदर ९० रुपैयाँ ३७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र विक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८३ पैसा र विक्रीदर ९९ रुपैयाँ २७ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २९ पैसा र विक्रीदर ८ रुपैयाँ ३३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र विक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ३६ पैसा र विक्रीदर ४३७ रुपैयाँ ३२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५५ रुपैयाँ १५ पैसा रहेको छ ।

 

प्रतिक्रिया