काठमाडौँ ,२० असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार २० गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र विक्रीदर १४४ रुपैयाँ ११ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र विक्रीदर १७० रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ६४ पैसा र विक्रीदर १४८ रुपैयाँ ३० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र विक्रीदर ८९ रुपैयाँ ३६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५० पैसा र विक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३२ पैसा र विक्रीदर ९८ रुपैयाँ ७६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २४ पैसा र विक्रीदर ८ रुपैयाँ २७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६३ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २३ पैसा र विक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ०१ पैसा र विक्रीदर ४३६ रुपैयाँ ९६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३६ पैसा रहेको छ ।
