शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

लगातार पाँचौं दिन पनि बढ्यो सुनको भाउ,कतिमा हुँदैछ किनबेच ?

बुधवार , आषाढ २०, २०८१

काठमाडौं, १९ असार- नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया