शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , आषाढ १६, २०८१

काठमाडौँ ,१५ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १५ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १२ पैसा र विक्रीदर १३४ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र विक्रीदर १४३ रुपैयाँ १२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ३४ पैसा र विक्रीदर १६९ रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ८९ पैसा र विक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६० पैसा र विक्रीदर ८९ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १८ पैसा र विक्रीदर ९७ रुपैयाँ ६२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १८ पैसा र विक्रीदर ९८ रुपैयाँ ६२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ २९ पैसा र विक्रीदर ८ रुपैयाँ ३२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र विक्रीदर १२ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ९० पैसा र विक्रीदर ४३५ रुपैयाँ ८५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ११ पैसा र विक्रीदर ३५४ रुपैयाँ ७० पैसा रहेको छ ।

प्रतिक्रिया