काठमाडौँ ,१४ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १४ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५७ पैसा र विक्रीदर १४३ रुपैयाँ २२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५४ पैसा र विक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ४८ पैसा र विक्रीदर १४९ रुपैयाँ १५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र विक्रीदर ८९ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३४ पैसा र विक्रीदर ९७ रुपैयाँ ७८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १८ पैसा र विक्रीदर ९८ रुपैयाँ ६२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३० पैसा र विक्रीदर ८ रुपैयाँ ३४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र विक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६१ पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५८ पैसा र विक्रीदर १२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १२ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ४३ पैसा र विक्रीदर ४३६ रुपैयाँ ३९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५५ रुपैयाँ ०४ पैसा रहेको छ ।
