शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

शुक्रवार , आषाढ ८, २०८१

काठमाडौँ, ७ असार – आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया