शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिहिवार , आषाढ ७, २०८१

काठमाडौं, ६असार - नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया