शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजपनि बढ्यो सुनको मूल्य, चाँदीको कति ?

बिहिवार , जेठ १७, २०८१

काठमाडौँ १७ जेठ- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको हो ।

यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया