शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कतिमा हुँदैछ कारोबार सुन ?

मंगलवार , बैशाख १८, २०८१

काठमाडौं,१८ वैशाख - मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया