शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आइतवार , बैशाख १६, २०८१

काठमाडौं , १६ वैशाख - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ४०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । यसदिन चाँदी तोलामा एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया