शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आकासिएको सुनको मूल्य लगातार घट्दै

मंगलवार , बैशाख ११, २०८१

काठमाडौं,११ बैशाख - लगातार उकालो लागेको सुनचाँदीको कारोबार मूल्य यो साता क्रमिक घट्न थालेको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ। मंगलबार प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको प्रारम्भका तुलनामा १ हजार १ सय रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ भएको थियो। यसअघि दोहोरो अंकको बढोत्तरीसँगै तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेर दुई दिन स्थिर रहेको सुन बिहीबार ६ सय रुपैयाँ घट्दै १ लाख ३८ हजार ६ सय रुपैयाँ भएको थियो। त्यसमा ७ सयको बढोत्तरीसँगै शुक्रबार कायम तोलाको १ लाख ३९ हजार ३ सयमा आइतबारसम्म स्थिर रहेर कारोबार भएको थियो।

चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार चाँदीको कारोबार मूल्य प्रति तोला १६ सय ६० रुपैयाँ भएको छ। यसअघि ३५ रुपैयाँ घट्दा सोमबार प्रति तोला १७ सय ५ रुपैयाँ भएको थियो। आइतबार तोलाको १७ सय ४० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनचाँदीको कारोबार मूल्य घटेको छ। सुन प्रति औंस २३०७.२९ डलरले कारोबार भइरहेको छ। सोमबार प्रति औंस २३६४.९४ डलर थियो। चाँदी प्रति औंस २६.९९ डलर छ। सोमबार २७.८६ डलरले कारोबार भएको थियो।

प्रतिक्रिया