शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बृहत फुटबल प्रतियोगिता हुदैँ

बुधवार , बैशाख ५, २०८१

सिन्धुली – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार सिन्धुलीमा बृहत फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला लिग फुटबल प्रतियोगिताकोलागि नक आउट चरणको प्रतियोगिता आयोजना हुन लागेको आयोजक जिल्ला फुटबल संघ सिन्धुलीका कोषाध्यक्ष रमेश महतराले बताउनुभयो ।

जिल्ला फुटबल संघको आयोजनामा आगामी वैशाख ७ गते देखि संचालन हुन गइरहेकोले क्लबहरुलाई टिम दर्ता गर्न महतराले आग्रह गर्नुभयो । टिम दर्ता शुल्क १० हजार रुपैँया रहेको छ भने वैशाख ५ गते (बुधबार, आज) भित्र प्रतियोगिताको लागि टिम दर्ता गरिसक्नुपने छ ।

हाल जिल्ला फुटबल संघ सिन्धुलीमा नौवटा क्लबमात्र आबद्ध छन् । तर, छनोट खेलमा संघमा आबद्ध नरहेका अन्य क्लबले भाग लिन पाउने महतराले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले लिग चरण्को खेल खेल्न पाउने छ । प्रतियोगितामा समावेश हुने क्लबले करचुक्ता, नविकरण लगायत कागजात अनिवार्य बुझाउनुपर्ने महतराले बताउनुभयो । त्यस्तै, विजेता टिमले संघको सदस्यता पाउने पुरस्कार राखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया