शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी

मंगलवार , चैत्र २७, २०८०

काठमाडौँ,२७ चैत – सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ । चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ ।

प्रतिक्रिया