शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको उच्च मूल्यबाट घट्यो

शुक्रवार , चैत्र २३, २०८०

काठमाडौं , २३ चैत - अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलाको १ लाख ३४ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३२ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६१५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया