शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बुधवार , चैत्र १४, २०८०

काठमाडौं,१४ चैत - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य ४०० रुपैयाँ बढेको छ ।

छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । चाँदी तोलमा एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया