शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य आज घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतवार , चैत्र ४, २०८०

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १५१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया