शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मूल्य घट्यो

बुधवार , फाल्गुण ३०, २०८०

काठमाडौं, ३०फागुन - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । यसदिन चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया