शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार , फाल्गुण ७, २०८०

काठमाडौं, ७ फागुन - नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया