शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य तोलामाआजपनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , माघ १९, २०८०

काठमाडौँ १९ माघ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया