शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बिहिवार , पौष २६, २०८०

काठमाडौँ, २६ पुस - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँ कायम छ ।

 

प्रतिक्रिया