काठमाडौँ , २४ पुस- प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो।
बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।
कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।”
आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । ।
लिटिल बुद्ध' समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।
उता बोधी श्रवण धर्म संघका केन्द्रिय सचिवालय सदस्य छत्र घिसिङ्गले तपस्वि बम्जन पक्राउ परेको जानकारी नभएको बताउनुभयो ।