शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

आइतवार , पौष १५, २०८०

काठमाडौं १५ पुष- स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन तोलाको एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तोलाको एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया