शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउ फेरि कीर्तिमानी उचाइमा

बिहिवार , पौष १२, २०८०

काठमाडौँ,१२ पुष - नेपाली बजारमा पहेंलो धातु सुनको भाउ फेरि कीर्तिमानी उचाइमा पुगेको छ। घरेलु बजारमा बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो रकम हालसम्मकै उच्च मूल्य हो।

यसअघि मंसिर १७ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, यो दिन तेजावी सुनको भाउ तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यो दिन चाँदिको भाउ प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ८६ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया