शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

मंगलवार , कार्तिक २१, २०८०

काठमाडौं २१ कार्तिक – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया