सिन्धुली– तेश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणमा आज (आईतबार) तीन खेल हुदैँछ । शनिबार पोल ए अन्तर्गत नेपाल माझी उत्थान संघ, ओखलढुंगाले मकवानपुरलाई २–१ को अन्तरले पराजित गरेसँगै ओखलढुंगा क्वाटरफाईनलमा पुगेको मरिण गाउँपालिकाको उपाध्यक्ष बिमला माझीले जानकारी दिनुभयो । आज सेमिफाइनलकालागि नेपाल माझी उत्थान संघ, सिन्धुपाल्चोक र ओखलढुंगाबिच दिउँसो १ः ३० बजे भिडन्त हुने माझीले बताउनुभयो । आजको विजेताले नेपाल माझी उत्थान संघ, सिन्धुली ‘ए’ सँग कार्तिक २० गते सेमिफाइनल खेल्नेछ ।
त्यसैगरि, पोख बि अन्तर्गत आईतबार नेपाल माझी उत्थान संघ, उदयपुर र आयोजक नेपाल माझी उत्थान संघ, सिन्धुली ‘सि’ बिच भएको खेलमा आयोजक टिमले १–० अन्तरले विजयी भएको छ । त्यस्तै, अर्को खेलमा नेपाल माझी उत्थान संघ, सुनसरीले धनकुटालाई ५–० को अन्तरले फराकिलो जित निकालेको छ । आज, सिन्धुली ‘सि’ र सुनसरीबिच दिउँसो ३ः३० बजे क्वाटरफाईनलको खेल हुनेछ । त्यस्तै, आजनै नेपाल माझी उत्थान संघ रामेछाप र झापाबिच बिहान ८ बजे क्वाटरफाईनको खेल हुने गाउँपालिका उपाध्यक्ष माझीले बताउनुभयो ।
न्यु नव क्षितिज विजयी
सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिताको चौथो संस्करण अन्तर्गत चौथो खेलमा सिन्धुलीको न्यु नव क्षितिज युवा क्लब विजयी भएको छ । धनुषाको श्री रत्न ज्योती युवा क्लबलाई ३–० को अन्तर गोलले न्यु नव क्षितिज युवा क्लबले जित निकालेको हो । विजयी टिमा राकेश चौधरी म्यान अफ द म्याच भएका छन् । त्यस्तै, आज न्यु कमलामाई युवा मञ्च र श्री जनसंगम युवा क्लबबिच दिउँसो २ बजे खेल हुनेछ ।