शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजाद स्मृति प्रतियोगिताः रोमाञ्चक खेलमा ब्याङखाडी विजयी

शनिवार , कार्तिक १८, २०८०

सिन्धुली– सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिताको चौथो संस्करणको तेश्रो खेलमा महोत्तरीको ब्याङखाडी युवा क्लब विजयी भएको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमानस्थित सिर्जना जनजागृति माध्यमिक विद्यालय भिमानको खेल मैदानमा शुक्रबार भएको खेलमा ब्याङखाडी युवा क्लबले उदयपुरको कटारी ५ लाई पेनाल्टीमा पराजित गरेको छ ।

९० मिनेटसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी धकेलिएको हो । पेनाल्टीमा ब्याङखाडी युवा क्लबले ४–३ गोलअन्तरले कटारी ५ लाई हराउन सफल भयो । म्यान अफ द म्याच विजयी टिमका गोलकिपर आकाश श्रेष्ठ भएका छन् । आज (शनिबार) दिउँसो २ बजे रत्नपुरको रत्न ज्योती युवा क्लब र सिन्धुलीको न्यु नव क्षितिज युवा क्लबबिच प्रतिस्पर्धा हुदैँछ । उक्त खेलको विजेताले कार्तिक २१ गते क्वाटर फाइनलमा ब्याङखाडी युवा क्लबसँग भिड्ने छ

प्रतिक्रिया