शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा क्रिकेट क्रेजः दिप प्रज्वलन देखि निशुल्क पानीपुरि वितरण

शनिवार , कार्तिक १८, २०८०

सिन्धुली– नेपाल एक दशक पछि आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएसँगै नेपाली क्रिकेट समर्थकले हर्षोल्लासका साथ उत्सव मनाइरहेका छन् । विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई ८ विकेटले हराउँदै अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल छनोट भएसँगै सिन्धुलीमा दिप प्रज्वलन गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका ९ स्थित भिमान चोकमा भिमान क्रिकेट फ्यान क्लबले दिप प्रज्वलन गरेका हुन् । नेपालको झण्डा, क्रिकेट ब्याट, बल र विकेटको रंगोली सहित भिमानका क्रिकेटप्रेमिले दिपप्रज्वलन गरेको सुविधा नगर क्लबका उपाध्यक्ष अर्पण थापाले बताउनुभयो ।

त्यस्तै, जिल्लाको कमलामाई नगरपालिका ६ स्थित बसपार्कमा बिबिए चट्पटवाला ठेला संचालन गर्दै आउनुभएका सन्तोष तामाङले ५ प्लेट पानीपुरि निशुल्क वितरण गर्नुभएको छ । यसअघि, एसिया कप अन्तर्गत नेपाल र भारतबिच भएको खेलमा नेपालले हरेक छक्का प्रहार र विकेट लिँदा तामाङले ग्राहकलाई १ प्लेट पानीपुरि सित्तैमा दिनुभएको थियो । तीनपाटन घर भएका तामाङले स्कुलमा पढाउने काम छोडेर ललितपुरको कुसुन्तीमा पानीपुरी चटपटे बेचेरै महिनाको झण्डै ६० हजार रुपैँया आम्दानि गरिरहनुभएको छ । स्नातक गरिरहुनभएको तामाङले हाल सिन्धुलीमै चटपटे ठेला संचालन गरिरहनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया