शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको भाउ

बुधवार , कार्तिक १५, २०८०

काठमाडौं, १५ कात्तिक - बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार, तेजावी सुनको मूल्य १ लाख १४ हजार ४५० र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार, तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया