शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रेकर्ड मूल्यबाट तल झर्‍यो सुनको मूल्य

सोमवार , कार्तिक १३, २०८०

काठमाडौं ,१३ कात्तिक,- सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया