शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउले राख्यो रेकर्ड

शुक्रवार , कार्तिक ३, २०८०

काठमाडौं ३ कार्तिक - नेपाली बजारमा शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १८ सयले बढेको हो ।

हिजो १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन एक लाख १४ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । हिजो १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया