शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको भाउ

बिहिवार , कार्तिक २, २०८०

काठमाडौँ,०२ कात्तिक - नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया