शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यमा निरन्तर वृद्धि

शुक्रवार , आश्विन २६, २०८०

काठमाडौं , २६ असोज - केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेको हो । बिहिबार पनि सुनको मूल्य सात सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया